Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कुटीडाँडा खानेपानीले सेवा विस्तार गर्ने

कुटीडाँडा खानेपानीले सेवा विस्तार गर्ने

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र २२ २०८२


कुटीडाँडा खानेपानीले सेवा विस्तार गर्ने

इलाम– इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडा हाँसपोखरी पाथीभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ । समिति अध्यक्ष रोहितकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास, वडा ३ अध्यक्ष मात्रिका बराल, कुटीडाँडा टोल विकास संस्था अध्यक्ष मिलन भुजेल, शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपाल खड्का, जिल्ला खेलकुद विकास समिति प्रमुख योगेश चाम्लिङलगायत स्थानीय अगुवा तथा उपभोक्ताको सहभागिता थियो ।

समितिले चालु आर्थिक वर्ष छ लाख १८ हजार एक सय ४० रुपैयाँ आम्दानी गरेको छ भने छ लाख एक हजार पाँच सय ६० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । बाँकी रकम आगामी योजना तथा मर्मत–सम्भार कार्यका लागि कोषमा सुरक्षित गरिएको त्यस अवसरमा जानकारी दिइयो । समितिले हालसम्म एक सय ३० उपभोक्तालाई नियमित खानेपानी सेवा दिइरहेको छ ।

खानेपानी वितरण प्रणाली अझ सुदृढ गर्ने, नयाँ ट्याङ्की निर्माण गर्ने, आवश्यक स्थानमा पाइप विस्तार गर्ने र पानी शुद्धीकरण संयन्त्र थप्ने योजना सार्वजनिक गरिएको छ । साथै, सरसफाइ सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयलाई दिगो खानेपानी तथा सरसफाइ अभियानमा सहभागी गराउने लक्ष्य लिइएको समितिलिे जनाएको छ । सभाध्यक्ष गुरुङले विगतमा उपभोक्ताको सहयोग र सामूहिक प्रयासका कारण खानेपानी व्यवस्थापनलाई निरन्तर अघि बढाउन सफल भएको बताए ।

अहिलेको मुख्य लक्ष्य सेवाको दायरा थप विस्तार गर्ने, गुणस्तरीय र सुरक्षित खानेपानी वितरण गर्ने तथा सरसफाइमा समुदायलाई अझ सचेत बनाउने नै रहेको उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष खवासले गाउँपालिकाले खानेपानी र सरसफाइलाई उच्च प्राथमिकतामा राखेको भन्दै समितिको योजनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वडाध्यक्ष बरालले खानेपानीजस्तो आधारभूत सुविधाको दिगो व्यवस्थापनका लागि स्थानीयस्तरमै जिम्मेवारी लिनुपर्नेमा जोड दिए । पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार