Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कोशीका आर्थिक मामिला मन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

कोशीका आर्थिक मामिला मन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २१ २०८२


कोशीका आर्थिक मामिला मन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

इलाम । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् । नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको थियो ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडी बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी हिँडेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएको भन्दै आलोचना भइरहेको छ ।

पछि सञ्चारमाध्यममा समचार आएपछि एमालले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो । ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीले बालिका ग्वार्कोस्थित बीएनबी अस्पतालमा उपचार गराएर घर फर्किएको जानकारी दिए । ठक्करबाट ठूलो चोट नलागेको र बालिकाको अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार