इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसीएल) नेपाल इलाम जिल्ला र माङसेबुङ गाउँपालिकाले संयुक्त आयोजनामा सहिद रत्नकुमार वान्तवाको शहादतस्थलमा सरसफाई गरेको छ । वाईसीएलले सञ्चालन गरेको दुई महिने श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत इलामको माङसेबुङ गाउँपालिका-२ स्थित शहिद रत्नुकमार वान्तवा शहादतस्थलमा बुधबार सरसफाई गरेको वाइसीएल इलामले जनाएको छ । शहादतस्थल वरिपरि सरसफाई गरिएको थियो ।
माङसेबुङ गाउँपालिका-३ का वडाध्यक्ष तथा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्ष्मण खम्बु (जनम) को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वाईसीएल प्रदेश अध्यक्ष बिक्रम लिम्बू (फियाक), माओवादी केन्द्र माङसेबुङ गाउँपालिका अध्यक्ष प्रकाश बुढाथोकी, फाकफोकथुम गाउँपालिका अध्यक्ष प्रकाश राई, वाईसीएल इलाम अध्यक्ष डिवन राई, प्रदेश सदस्य गोपाल राई, माओवादी केन्द्र माङसेबुङ गाउँपालिका उपाध्यक्ष समीक्षा खड्का, सचिव हरि राई, केन्द्रीय आयोग सदस्य शम्भु राईलगायत विभिन्न वडा पार्टी सदस्यहरूको सहभागिता रहेको थियो ।