फिक्कल । इलामबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका–९ स्थितबाट इलाम नगरपालिका–६ का रमेश श्रेष्ठ, सन्दकपुर–५ का मन बहादुर बुर्जा मगर र मोरङ पथरी शनिश्चरे– ९ का प्रकाश राईलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
सोही दिन जिल्ला भने उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी–४ का दिपेन राईलाई प्रतिबन्धित औषधी ४० ट्याव्लेट सहित, पुनम थापामगर र अभिषेक थापामगरलाई १ किलो १४० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका– ६ का मिन बहादुर बस्नेतलाई उनकै घरको कोठाबाट ४९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसै गरी सुनसरीको इटहरी उप महानगरपालिका–२ स्थितमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी कुकुर सहितको चेकिङ टोलीले चेकजाँचको क्रममा धरान–४ का अनिल राई, प्रेम बहादुर राई, झापा कमल गाउँपालिका–३ का सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा–२ का प्रतिक भण्डारीलाई ट्रमाडोल ८५० क्याप्सुल र स्पास ८५ क्याप्सुल सहित पक्राउ गरेको छ ।
Photo Generate : AI