Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘इम्बोस्ड नम्बर प्लेट’ रोक्न संसदमा सुहाङ नेम्वाङको माग

‘इम्बोस्ड नम्बर प्लेट’ रोक्न संसदमा सुहाङ नेम्वाङको माग

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र १८ २०८२


‘इम्बोस्ड नम्बर प्लेट’ रोक्न संसदमा सुहाङ नेम्वाङको माग

इलाम । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आवश्यक पूर्वाधार, प्रविधि र जनचेतनाको सुनिश्चितता गरेपछि मात्र यसलाई चरणबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताए।

सांसद नेम्वाङले गाडी किन्दा लाग्ने उच्च कर, वार्षिक रूपमा तिर्नुपर्ने अनिवार्य बीमा र सडक करका साथै सवारी चालक अनुमतिपत्र बनाउने क्रममा जनताले भोग्नुपरेको सास्तीबारे उल्लेख गरे। उनले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप हैरानी र झन्झट दिने बताए।

नेम्वाङले इम्बोस्ड नम्बर प्लेटको उद्देश्यबारे नै जनताको तहबाट प्रश्नहरू उठेको भन्दै यस्तो अवस्थामा यसको कार्यान्वयन रोक्नुपर्नेमा जोड दिए। यस्तै, त्यस्तो नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगबारे पनि जनतामा प्रश्न उठेको उनले बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार