Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न

इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न

  • नवीन फागो
  • सोमबार, भाद्र १६ २०८२


इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न

इलाम । दुई दिवसीय आधारभूत पत्रकारिता तालिम सोमबार इलाम सदरमुकाममा सम्पन्न भएको छ। लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले लिम्बू पत्रकार संघ इलामले आयोजना गरेको तालिम भदौ १५ र १६ गते नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न भएको हो। तालिममा लिम्बू समुदायसहित अन्य समुदायका गरी २३ जनाको सहभागिता रहेको थियो

। सहभागीमध्ये १३ महिला र १० पुरुष थिए। पहिलो दिनको तालिममा पत्रकार द्वय याम माबोहाङ र राम योङ्हाङले सहजीकरण गरेका थिए भने दोस्रो दिन पत्रकार जीवन लिम्बू, अतीत योङ्हाङ र श्रीजना श्रेष्ठले सहजीकरण गरेका थिए। कार्यक्रमको समापन आयोजक संघकी अध्यक्ष बुद्धमाया सोङ्मीले सहभागीलाई बधाई तथा शुभकामना दिँदै गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार