Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफले अल नासरसँग खेल्दै

एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफले अल नासरसँग खेल्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १५ २०८२


एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफले अल नासरसँग खेल्दै
  • एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम खेलमा एपीएफ क्लबले अल नासरसँग खेल्नेछ।
  • एपीएफले लगातार दुई खेलमा पराजित भई अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना गुमाइसकेको छ।
  • एपीएफ र अल नासर दुवै सान्त्वना जितको खोजीमा छन्।

इलाम। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

लगातार दुई खेलमा पराजित भएको एपीएफ अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना सकिइसकेको छ । यस खेलमा एपीएफ सान्त्वना जितको खोजीमा हुनेछ । एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा थाइ क्लब कलेज अफ एसियन स्कोलार्ससँग ५-० ले पराजित भएको थियो ।

अल नासर पनि पहिलो खेलमा थाइ क्लबसँग २-० ले तथा दोस्रो खेलमा नासाफसँग पराजित भएको थियो । अल नासर पनि सान्त्वना जितको खोजीमा हुनेछ । प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार