Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १४ २०८२


आज यी प्रदेशमा वर्षाको सम्भावना

इलाम । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानतथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै तथा तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार