Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामे कर्मचारीको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: पौडेल चयन

इलामे कर्मचारीको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: पौडेल चयन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १३ २०८२


इलामे कर्मचारीको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: पौडेल चयन

फिक्कल । इलामे राष्ट्रसेवक कर्मचारी समाजको प्रथम साधारणसभा आज काठमाण्डौमा सम्पन्न भएको छ । साधारणसभा बाट तदर्थ समितिको अध्यक्ष तीर्थ प्रकाश पौडेल पुन अध्यक्षमा चयन भएका छन् । समाजको उपाध्यक्षमा उदयराज भट्टराई, सचिव अशोक कुमार राई, कोषाध्यक्ष पुष्पनारायण दाहाल र सहसचिव विपिन राई चयन भएका छन् ।

सदस्यहरूमा दिपक भारध्वज, बालेश्वर खड्का, मुना राउत, असिम दियाली, यक्ष कुमारी न्यौपाने, विष्णु श्रेष्ठ, प्रज्वलध्वज थापा र कबिता पराजुली रहेका छन् । सभामा तदर्थ समितिको कोषाध्यक्ष पुष्पनारायण दाहाल को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरि पारित गरिएको थियो भने समाजका सल्लाहकार कुमार थापालाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष तीर्थ प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न सभा मा आजिवन सदस्यहरू लाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सभामा समाजका संस्थापक सल्लाहकार कुमार थापा, नेपाल सरकारका पुर्वसचिव खेमराज नेपाल, पुर्व डिआइजी पिताम्बर अधिकारी, डा खेम कार्की लगायतले मन्तब्य राखेको उपाध्यक्ष उदयराज भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार