फिक्कल । सूर्योदय नगर उद्योग वाणिज्य संघको तेश्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पुजन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रज्वल प्रधान, दोस्रो उपाध्यक्षमा दिपेश शाह निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा तोयानाथ भट्टराई, कोषाध्यक्षमा मिना ढकाल, सचिवमा विक्रम श्रेष्ठ चयन भएका छन् ।
सदस्यतर्फ धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु बराल र डिल्ली प्रसाद सापकोटा निर्वाचित भएका छन् ।