Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

चौथो डिभिजन क्लबसंग हार्यो म्यानचेष्टर युनाइटेड

चौथो डिभिजन क्लबसंग हार्यो म्यानचेष्टर युनाइटेड

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १२ २०८२


चौथो डिभिजन क्लबसंग हार्यो म्यानचेष्टर युनाइटेड

इलाम । काराबाओ कपको ६ पटक च्याम्पियन म्यानचेष्टर युनाइटेड दोश्रो चरणको खेलबाट बाहिरियो । लिभरपुल र म्यानचेस्टर सिटी पछिको सफल क्लब युनाइटेडलाई हराउने क्लब शिर्ष डिभिजनको नभएर चौथो डिभिजन क्लब ग्रिम्स्बी टाउन रहेको थियो । सडनडेथ मार्फत युनाइटेडको यात्रामा ग्रिम्स्बीले धक्का लगाएको हो । कुल २६ पेनाल्टी आवश्यक परेको उक्त खेल युनाइटेडको इतिहासकै सबैभन्दा लज्जास्पद पराजयमध्ये गनिएको छ ।

आक्रोशित युनाइटेड प्रशिक्षक रुबेन अमोरीमले आफ्नै खेलाडीमाथि व्यंग्य गर्दै भने, “मैदानमा वास्तवमै खेलेको एक मात्र टोली ग्रिम्स्बी थियो ।” ग्रिम्स्बीले १२–११ ले पेनाल्टीमा जित निकाल्दा निर्णायक पेनाल्टी ब्रायन म्बुएमोले चुकाए । खेलको पहिलो हाफमा युनाइटेड २–० ले पछि परेको थियो । चाल्र्स भर्नामले २२ औ र टाइरेल वारनले ३० औ मिनेटमा ग्रिम्स्बीलाई अग्रता दिलाएका थिए । तर ब्रायन म्बुएमोले ७५ र ह्यारी म्याग्वाएरले ८९ औ मिनेटमा गोल गर्दै स्कोरलाई २–२ मा पु¥याए र त्यसपछि खेल पेनाल्टीमा तानियो ।

खेल इंग्ल्याण्डको पूर्वी तटमा रहेको ९ हजार दर्शक क्षमता रहेको साधारण ब्लन्डेल पार्क रंगशालामा खेलेको थियो । म्यानचेस्टरले सिजनमा बलियो देखाउन २०० मिलियन पाउण्ड (२७० मिलियन अमेरिकी डलर) खर्चेर नयाँ खेलाडीहरू म्बुएमो, माथेयुस कुञ्हा र बेन्जामिन सेस्को अनुबन्ध गरेको थियो । तर कुञ्हाको पेनाल्टी कमजोर भएपछि रोकियो, र सेस्कोलाई गोलरक्षक आन्द्रे ओनानाभन्दा अघि १०औं पेनाल्टी लिन पठाइएको थियो ।

बीबीसीका अनुसार, ग्रिम्स्बीको प्रमुख उपलब्धि भनेको १९०१ र १९३४ मा जितेको दोस्रो डिभिजन उपाधि हो । उनीहरूको पछिल्लो ट्रफी भने १९९८ को ‘अटो विन्डस्क्रिन्स शिल्ड्स ट्रफी’ हो । ट्रान्सफर मार्केटका तथ्यांक अनुसार ग्रिम्स्बीको सम्पूर्ण स्क्वाडको मूल्य ३.१ मिलियन पाउन्ड मात्र छ । जुन म्यानचेस्टरका सवैभन्दा कम मुल्यका खेलाडी डियागो लियोनको बराबर समेत थिएन् ।

७६५ मिलियन पाउन्ड स्क्वाड मुल्य रहेको युनाइटेडले लियोनलाई ४ मिलियनमा भित्र्याएको थियो । गत सिजनमा १९७४ पछि पहिलो पटक युनाइटेड लिगमा १५औं स्थानमा रह्यो, जुन सबैभन्दा खराब प्रदर्शन थियो । त्यसपछि क्लबले ट्रान्सफर मार्केटमा ठुलो खर्च गर्दै खेलाडी भित्र्याएको थियो । तर युनाइटेडले यो सिजनका तीन खेलमै अहिलेसम्म जित निकालेको छैन ।

लिगमा आर्सनलसँग हार र फुलहमसँग बराबरी खेलेको छ । ईएफएल कपमा चौथो डिभिजनको टोलीसँग यसअघि कहिल्यै युनाइटेड हारेको थिएन । साथै २०१४ पछि पहिलो पटक दोस्रो चरणमै खेलिरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार