फिक्कल । इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशको पर्यटकीय नगरी हो । प्रदेश सरकारले २०७५ सालमा सूर्योदयलाई पर्यटकीय नगरीको रुपमा घोषणा गरेको छ । पहाडी जिल्ला भएको कारण भुगोलको आधारमा संघ र प्रदेशले बजेट दिनुपर्ने नगर उपप्रमुख दुर्गाकुमार बराल बताउँछन् । सन्देश सम्वादमा बोल्दै बरालले हिमाल पहाड र तराईलाई एउटै नजरले हेरेर विकासमा बजेट दिँदा समुचित विकास सम्भवन नहुने बताए ।
बरालले सूर्योदय नगरपालिकाको अर्थतन्त्रको आधार विन्दु पर्यटन र कृषि भएको बताए । उनले नगर क्षेत्रमा पर्यटकीय गन्तव्यहरु अधिक मात्रामा रहेको र नगरबासीहरुको आम्दानीको माध्यम कृषि र पशुपालन भएको बताए । उनले दैनिक नगर क्षेत्रमा ८० हजार लिटर बराबर दुध उत्पादन हुने गरेको समेत बताए । नगरपालिकाको अस्पतालमा बिरामीको चाप बढेकाले नयाँ भवन निर्माणको कार्य धमाधम भइरहेको बरालले बताए । स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने मालपोत र नापी कार्यालय नगरमा संचालन गर्न पहल भइरहेको बताए ।
उनले मन्त्रालयले फाइल पठाइसकिएकाले केही समयभित्रमा नै सूर्योदयमा सेवा प्रवाह हुने बताए । बरालले न्यायिक समितिमा परेका उजुरीहरु मेलमिलापबाट समाधान गदै आएको बताए । नगरको कार्यचुस्तताका कारण स्थानीय तह स्वमूल्यांकनमा देशको छैटौ र कोशी प्रदेशको पहिलो स्थानीय तह बन्न सफल भएको बताए । नगरले भौतिक पूर्वाधारको अनुगन प्रविधिको प्रयोग गरेर गर्दै आएको बताए । उनले नगरमा नै ल्याब स्थापना गरेर गुणस्तर परिक्षण हुँदै आएको बताए ।