रोङ । बिषादीको प्रयोगबाट मानब स्वास्थ्य र वातावरणमा नकरातमक प्रभाव परेको चिन्ता बढिरहदा रोङ गाउपालिकाले किसानहरुलाई मौरीपालन गराएर बिषदीमुक्त बनाउने प्रयासको थालनी गरेको छ ।भौगोलिक हिसावले चुरे क्षेत्रमा अवस्थित रोङ गाउपालिकामा भुक्षयको समेत संभावना रहेको र प्रसस्त मात्रामा चुरेका वनहरुमा मौसमी फुलहरु पनि पाइने भएको कारणबाट आय आर्जनको लागि मौरी पालन गराउन प्रेरित गरेको हो ।
मौरी पालनको संभावना रहेको बिज्ञहरुले सल्लाह दिएपछि गत बर्ष नै रोङ गाउपालिकाले आठलाख रकम विनियोजन गरेर संभब्यताको अध्ययन गरि किसानहरुलाइ तालिम दिएर रोङ–४ किटेनीमा मौरी रिर्सच सेन्टरको स्थापना गरेर पुर्वाधार समेत तयार गरेको छ । तरकारी र फलफुल खेतीमा निर्भर किसानहरुले बिषादीको प्रयोग अत्याधिक गर्ने गरेकोमा किसानहरुलाइ बिकल्प बिना नै बिषादीको प्रयोग घटाउन नसकिने भएपछि मौरी पालनमा प्रेरित गरिएको र बिषादीको प्रयोग गरेमा आफैले पालेको मौरी मर्ने भएपछि आर्गेनिक पद्धतीको लागि मौरी पालनको रणनिति ल्याएको हो ।
गाउपालिकाको सबै वडाहरुमा संभावना देखिएको मौरी पालनको लागि तालिम दिएर घार बितरण लगायतको अभियान समेत पुरा गरेको छ । स्थानिय स्तरमा नै मौरी बिशेषज्ञ तथा पूर्वाञ्चल श्रोत केन्द्रका श्रोत व्यक्ति रहेपछि रोङ ६ सलकपुरका कुमार मोक्तानलाइ मौरी रिर्सच सेन्टरका प्रमुख नियुक्त गरेर कार्यक्रमलाइ निरन्तरता दिने गाउपालिकाले जनाएको छ । यसै क्रममा गाउपालिकाले यस बर्ष बिसलाख रकम बिनियोजन गरेको रिर्सच सेन्टरका प्रमुख कुमार मोक्तानले बताए । रोङका सबै वडाहरुमा किसानहरुले अहिलेसम्म असंगठित रुपमा मौरी पालन गरिरहेकोमा अहिले किसानहरुलाय संगठित गरेर किसान समुह निमार्ण र तालिम दिने काम निरन्तर चलाइने मोक्तानले बताए