Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिका–६ मा ज्येष्ठ नागरिकका लागि टोलमै सेवा

रोङ गाउँपालिका–६ मा ज्येष्ठ नागरिकका लागि टोलमै सेवा

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र ९ २०८२


रोङ गाउँपालिका–६ मा ज्येष्ठ नागरिकका लागि टोलमै सेवा

रोङ । वर्षा यामका कारण वडा कार्यालयसम्म पुग्न असहज हुने भएपछि रोङ गाउँपालिका वडा नम्बर ६ ले सामाजिक सुरक्षा भत्ता नविकरणको कार्य टोलमै पुगेर गर्न थालेको छ। वडाले भदौ २ गतेदेखि विभिन्न मिति र स्थानमा टोलस्तरीय घुम्ती शिविर सञ्चालन गरिरहेको वडाध्यक्ष सत्यम राई चौरासेले जानकारी दिए।

उनका अनुसार टोलमै सेवा पुर्‍याउँदा नागरिकहरूलाई यात्रा खर्च र सास्तीबाट राहत मिल्ने भएकाले यस्तो व्यवस्था गरिएको हो। शिविर अन्तर्गत भदौ २ गते पाटापुर र खारखोला, भदौ ३ गते सलकपुर, भदौ ४ र ५ गते कुवापानी र भदौ ८ र ९ गते रम्भ्याङमा सेवा दिइने तालिका तय गरिएको छ।

वडा कार्यालयबाट कर्मचारी परिचालन गरी प्रत्येक टोलमा सामाजिक सुरक्षा भत्ता नविकरणको काम गरिँदैछ। वडाको यस निर्णयलाई स्थानिय वृद्धवृद्धाहरूले स्वागत गरेका छन्। टोलमै सेवा पाएपछि लामो दूरी यात्रा गर्नु नपर्ने र सहज रूपमा सेवा प्राप्त भएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार