Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

यातायात कार्यालयबाट २० हजारभन्दा बढी सवारी लाइसेन्स वितरण

यातायात कार्यालयबाट २० हजारभन्दा बढी सवारी लाइसेन्स वितरण

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ७ २०८२


यातायात कार्यालयबाट २० हजारभन्दा बढी सवारी लाइसेन्स वितरण

इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले स्थापना भएको चार वर्षको छोटो अवधिमा २० हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ । सवारीसाधन व्यवस्थापन र यातायात सेवा विस्तारको दृष्टिले यो उपलब्धि जिल्लामै महत्वपूर्ण मानिएको छ । कार्यालयका अनुसार ए, के, बी, सी, ई, जे–१ र जे–२ गरी विभिन्न श्रेणीका लाइसेन्स वितरण गरिएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्र ३ हजार ६ सय ६३ वटा नयाँ लाइसेन्स वितरण गरिनुका साथै १ हजार ४० सवारीको नविकरण गरिएको छ । कार्यालयका निमित्त प्रमुख सुवर्ण खड्काका अनुसार गत आर्थिक वर्षमा राजस्व संकलनमा पनि कार्यालयले उल्लेखनीय प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक बर्ष २०८१/८२ मा २ करोड ४५ लाख ४३ हजार बढी राजस्व संकलन गरिएको हो ।

अघिल्लो आर्थिक बर्षमा १० करोड ९८ लाख ७४ हजार रुपैंयाँ राजश्वक संकलन गरेकोमा गत आर्थिक बर्षमा १३ करोड ४४ लाख १७ हजार रुपैंयाँ राजश्व संकलन गरेको थियो । यससँगै प्रदेश सरकार मातहतका कार्यालयहरूमध्ये इलामको यातायात व्यवस्था सेवा कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयको कीर्तिमान कायम गरेको कार्यालयका अधिकृत छैठौ दिपेन्द्र कट्टेलले जानकारी दिए ।

स्थापना भएको छोटो अवधिमै उल्लेखनीय सेवा विस्तार गर्न सफल यो कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणदेखि नविकरण, राजस्व संकलन र यातायात सेवाको पहुँचलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको छ । यसले इलामवासी मात्र नभई आसपासका छिमेकी जिल्लाहरु पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुम जिल्लाका सेवाग्राहीलाई पनि प्रत्यक्ष लाभ पु¥याएको छ ।

राजस्व संकलनमा अग्रणी बनेको यस कार्यालयको सफलताले प्रदेशभरको यातायात व्यवस्थापन प्रणालीलाई सबल बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार