इलाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति इलाम महिला विभागले तीज विशेष कार्यक्रम अन्तर्गत बालबालिका तथा ज्येष्ठ नागरिकहरुसँग मिष्ठान्न भोजन तथा मनोरञ्जन कार्यक्रम सहित सम्पन्न गरेको छ । इलाम सदरमुकामस्थित राहसल बाल गृहका १४ जना बालबालिका साथै माई भगवती बृद्धाश्रमका ९ जना जेष्ठ नागरिकहरुसँग महिलाहरुको विशेष चाड साथै कुशे (औँशी बुवाको मुख) हेर्ने दिनको अवसर पारेर उक्त कार्यक्रम सप्पन्न गरिएको हो।
कार्यक्रममा नेराशि संगठन कोशी प्रदेश सचिव गंगा तिम्सिना, जिल्ला अध्यक्ष लोकबहादुर थाम्सुहाङ, पेशागत महासंघ इलामका अध्यक्ष जसबहादुर राई, नेपाल निजामती कर्मचारी संगठन इलामका अध्यक्ष पारसमणि न्यौपाने, बुद्धिजिवी परिषद इलामका अध्यक्ष यामबहादुर लिम्बू लगायत शिक्षक संगठन इलाम पदाधिकारी, जिल्ला सदस्य एवमं इलाम नगर अध्यक्ष पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको शिक्षक अग्नी दाहालले जानकारी दिए ।
