Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा

सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा

  • सन्देश सम्बाददाता
  • शनिबार, भाद्र ७ २०८२


सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा

काठमाडौँ । नेकपा  माओवादी केन्द्र का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठुला दलहरू लागिरहेको आरोप लगाए । विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएका सापकोटाको आरोप छ । उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको सापकोटाले बताए । उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियत पूर्ण रहेको उनको जिकिर । उनले संवैधानिक परिषद्मा बहुमत पुर्याउन प्रधानमन्त्री ओलीले बदनियत पूर्ण काम गरिरहेको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार