इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा ३१ सदस्यीय वडा स्तरीय बाल संजाल गठन गरिएको छ । नुमा खाम्दाककाे अध्यक्षतामा गठन भएको संजालमा उपाध्यक्षमा मिङग्युर गुरुङ र साहारा राई, सचिवमा प्रतिज्ञा राई तथा कोषाध्यक्षमा निर्मिका राई चयन भएका छन् ।
वडा नं ५ जमुनास्थित श्री भगवती माध्यमिक विद्यालय, श्री राष्ट्रिय आधारभूत विद्यालय, श्री भानुदय आधारभूत विद्यालय र श्री पूर्व क्षितिज आधारभूत विद्यालयका वालक्लबका विद्यार्थीहरुको सहभागितामा बाल संजाल गठन गरिएको हो ।
बालबालिकाको अधिकार संरक्षण, नेतृत्व क्षमता विकास र बालमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित बाल संजाल गठन गरिएको वडा सदस्य कुमार गुरुङले जानकारी दिए ।