Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालको पोष्टमा भारतको ७ गोल

नेपालको पोष्टमा भारतको ७ गोल

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ४ २०८२


नेपालको पोष्टमा भारतको ७ गोल

इलाम । नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको पहिलो खेलमै फराकिलो हार बेहोरेको छ । भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा दुईपटकको च्याम्पियन भारतले ७–० को जित निकालेको हो । भारतका लागि अभिष्टा बस्नेतले खेलको १५ औं र ४१ औं मिनेटमा दुई गोल गरिन् ।

नीरा चानुले २५ औं मिनेटमा, अनुश्का कुमारीले ३३ औं र ६२ औं मिनेटमा, जुलान नोङमाथेमले पहिला हाफको इन्जुरी तथा नीरा लोङगामले ५५ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै भारत प्रतियोगिताको बलियो दाबेदार बनेको छ । नेपालले भने सुधारका लागि आगामी खेलमा कडा तयारी गर्नुपर्ने देखिएको छ । नेपालले शुक्रबार भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल, भारत, बंगलादेश र भुटान सम्मिलित प्रतियोगिता डबल राउन्ड रोविनमा संचालन हुनेछ । नेपाल सन् २०२२ को च्याम्पियन हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार