इलाम । भूमि समस्या समाधान आयोगसँग इलाम नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भूमि समस्या समाधान आयोगसँग इलाम नगरपालिकाले आयोजना गरेको अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । इलाम नगरपालिका प्रमुख केदार थापाको आतिथ्यता इलाम नगरपालिकामा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी भएका महानुभावहरूलाई जग्गाको लालपुर्जा वितरण प्रक्रिया कसरी अगाडि बढाउने र भूमि आयोगको दोस्रो चरणमा रहेको इलाम नगरपालिकाले प्रक्रियागत रूपमा काम अगाडि बढाउने कुरामा नगरपालिकाले प्रतिबद्धता जाहेर गरेको छ। आयोगका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भुमि समस्या समाधान आयोग जिल्ला समितिले गर्दै आएका काम र कार्यक्षेत्रका बारेमा प्रकाश पारिएको थियो ।
तस्बिरहरु :
