Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

लोकतान्त्रिक खेलकुद इलामको अध्यक्षमा दुलाल

लोकतान्त्रिक खेलकुद इलामको अध्यक्षमा दुलाल

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ३ २०८२


लोकतान्त्रिक खेलकुद इलामको अध्यक्षमा दुलाल

इलाम । नेपाल लोकतान्त्रिक खेलकुद संघ इलामको अध्यक्षमा प्रमोनन्द दुलाल (प्रकाश ) निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट खेलकुद संस्थाको प्रथम अधिवेशनबाट दुलालको नेतृत्वमा २४ सदस्यीय कार्य समिति चयन भएको हो । उपाध्यक्षमा महेश प्रधान र गंगा काकी, सचिव महानन्द भक्तराज (सुजन), सहसचिव सन्देश राई र कोषाध्यक्ष सुलोचना भक्तराज रहेकी छन् ।

सदस्यहरुमा मानबहादुर खत्री, दावा लामा, भवानी विक्रम खत्री, किशोर शर्मा, रवि गुरुङ, जयन्द्र राई, निहाल खाकी, विशाल पौडेल, नारायण कटुवाल, किस्तम ठकुरी रहेका छन् । अन्य सदस्यहरुमा प्रकाश राई (आशिष), धनजित मुखिया, बिन्दराज सम्वेवा राई, गणेश लुइटेल, रविन लिम्बु, टेक बहादुर कार्की, डुरेन लिम्बु रहेका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इलाम क्षेत्र नं १ बाट बरुण सुब्बाको नेतृत्वमा सुशिला गुरुङ, मणी गुरुङ र ध्रुव राई रहेका छन् । क्षेत्र नं २ मा देवेन्द्र तुम्रोकको नेतृत्वम सुलोचना भक्तराज, टिकाराम पुरी र प्रकाश तामाङ रहेका छन् । इलाममा यसअघि महेश श्रेष्ठको नेतृत्वमा नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला समिति गठन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार