Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ३ २०८२


मनसुन र बङ्गालको खाडीबाट भित्रिएको वायुको असर : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन कमजोर छ, तर जलवाष्पयुक्त हावाको आंशिक प्रभाव छ।
  • कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ।
  • आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार