Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आईएमई लाईफद्वारा राहसल बालगृहलाई खाद्यान्न वितरण

आईएमई लाईफद्वारा राहसल बालगृहलाई खाद्यान्न वितरण

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १ २०८२


आईएमई लाईफद्वारा राहसल बालगृहलाई खाद्यान्न वितरण

इलाम : आईएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड इलामले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा आइतबार इलाम नगरपालिका–९ स्थित राहसल बालगृहलाई खाद्यान्न वितरण गरेको छ । ‘सबैका लागि खाना, सबैका लागि सम्मान’ भन्ने मूल नाराका साथ कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बालगृहका बालबालिकालाई १९ हजार ३ सय ७० रुपैयाँको विभिन्न खाद्यान्न तथा सामग्री उपलब्ध गराएको हो ।

खाद्यान्न वितरण कार्यक्रममा चामल, दाल, तेल, चिउरा, आलु, भुजालगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको इन्स्योरेन्स इलाम शाखा प्रमुख मंगेश खत्रीले जानकारी दिए । खत्रीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका अति आवश्यक क्षेत्रमा योगदान पुर्‍याउन निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिएका छन् ।

उनका अनुसार कम्पनीको आठौं वार्षिकोत्सवलाई अर्थपूर्ण बनाउन इलाममा रहेको राहसल बालगृहका बालबालिकालाई सहयोग पुर्‍याइएको हो । कार्यक्रममा शाखा प्रमुख खत्रीसहित डबल एडीआरटी कृष्णकुमार राई, एमडीआरटी अनिरुद्र मैनाली, सिनियर एजेन्सी मनेजर रितादेवी राई लगायतको उपस्थिति थियो ।

उनीहरुले बालगृहका अध्यक्ष माया भट्टराई र सचिव गीता कोइरालालाई खाद्यान्न हस्तान्तरण गरेका थिए । बालगृहका अध्यक्ष भट्टराईले बालबालिकाका लागि गरिएको सहयोगले ठूलो राहत मिल्ने प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार