Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन २९ २०८२


माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

काठमाडौं । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

पुरी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार