Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा फिक्कलमा वृहत रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा फिक्कलमा वृहत रक्तदान

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन २९ २०८२


अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा फिक्कलमा वृहत रक्तदान

फिक्कल । अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सिनियर टिम फिक्कलले “रगत दान जीवन दान” भन्ने मूल मन्त्र सहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा १०४ जनाले रगत दान गरी मानवता र परोपकारको सशक्त उदाहरण प्रस्तुत गरेका छन । रगतदान स्वास्थ्यका लागि लाभदायी मात्र नभई संकटमा रहेका बिरामीको जीवन बचाउने महान कार्य भएकाले कार्यक्रम आयोजक टिमका शरण फागोले जानकारी दिए ।
नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा उप–प्रमुख दुर्गाकुमार बराल, वडा अध्यक्ष पेमा उगेन लामा, डिक बम्जन, रेड क्रस सोसाइटी इलामका कार्यवहाक सभापति हरीकला गौतम ९श्रेष्ठ० लगाययतका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो।
क्सिनियर टिमका प्रतिनिधिले युवा पुस्ता समाज सेवा र मानव हितमा समर्पित हुँदा मात्र राष्ट्र सशक्त र उन्नत बन्ने बताएका छन्। कार्यक्रमममा नगर प्रमुख राईले युवाले गरेका सकारात्मक काममा नगरपालिका सधै सकारात्मक रहने बताए । कार्यक्रम सिनियर टिमका राजन प्रधानको अध्यक्षतामा भएको थियो । फागोका अनुसार सिनियर टिमले महिनामा एउटा सामाजिक काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार