Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामको माइखोला-चिसापानी खण्डमा जलसतह बढ्यो

इलामको माइखोला-चिसापानी खण्डमा जलसतह बढ्यो

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २९ २०८२


इलामको माइखोला-चिसापानी खण्डमा जलसतह बढ्यो
  • जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ ।

इलाम । इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत आग्रह गरेको छ ।

विभागले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोला, मदन भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतह केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत सचेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार