फिक्कल : अन्तर्राष्ट्रिय युवा दिवस २०८२ का अवसरमा सिनियर टिम फिक्कलले “रगत दान जीवन दान” भन्ने मूलमन्त्रसहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा भएको कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, बैंकर, पत्रकार, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका १०४ जनाले रगत दान गरेका छन् ।
नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा उपप्रमुख दुर्गा कुमार बराल, वडा अध्यक्ष पेमा उगेन लामा, डिक बम्जन, रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सिनियर टिम फिक्कलका प्रतिनिधिहरूले युवा पुस्ता समाज सेवा र मानव हितमा समर्पित हुँदा मात्र राष्ट्र सशक्त र उन्नत बन्ने बताएका छन्। कार्यक्रमको अवसरमा पार्वती पोलिक्लिनकी र श्रीनिधि हस्पिटलले स्वास्थ्य परिक्षण समेत गरेका छन् ।
