इलाम : इलामको पर्यटन प्रवद्र्धनलाई थप बल पु¥याउने उद्देश्यले हरित नगर महिला समूहले इलाम बजारमा मिनी मेला आयोजना गर्ने भएको छ । चाडपर्वको अवसरलाई लक्षित गरी आयोजना गरिने यो मेलामा स्थानीय उत्पादन, संस्कृतिको प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रमहरू रहनेछन् । आउँदो साउन २८ देखि भदौ १५ गतेसम्म मिनी मेलाको आयोजना गरिएको आयोजक समितिकि उपाध्यक्ष सुनीता कर्मचार्यले जानकारी दिइन् ।
मेलाको सह–आयोजना होटल व्यवसायी संघ इलामले गर्नेछ भने व्यवस्थापनको जिम्मा झापाको कन्काई फन वल्र्डले लिएको छ । मेला अवधिभर १० हजार बढि आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ । मेला इलामको सांस्कृतिक र आर्थिक गतिविधि विस्तारमा टेवा पु¥याउनुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको हरित नगर महिला समूहकी सचिब सुशिला पोख्रेलले जानकारी दिइन् ।
मेला अवधिभर इलाम बजारमा स्थानीय कला, हस्तकला, खाद्यान्न, कृषिजन्य उत्पादनको प्रदर्शनी र विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन् । यसले पर्यटकलाई इलामको प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक विविधता र आर्थिक सम्भावनाको पनि अनुभव गराउने आयोजकहरूको विश्वास छ । आयोजकले तीज बिशेष कार्यक्रमको समेत आयोजना गर्ने भएको छ ।
इलामको पर्यटनलाई चलायमान बनाउन मिनी मेला लगाइएको हो । मेलामा बिशेष गरेर महिलाले उत्पादन गरेका सामाग्रीका साथै रैथाने खानाका परिकार सहितका बढिमा दशवटा सम्म स्टल रहनेछ । मेलामा बिभिन्न खेलकुदका सामाग्रीहरु पनि राखिनेछ ।