इलाम — इलामको सूर्योदय नगरपालिका–९ रम्फोकका सागर राईको दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। दक्षिण कोरियाको ख्यङ्जु मोह्वामा कार्यरत राई करिब दुई वर्ष तीन महिना अघि ईपीएसमार्फत रोजगारीका लागि गएका थिए। अगस्ट ९ मा उनी सवार मोटरसाइकल दुर्घटनामा परेका थिए।
उपचारका क्रममा अगस्ट ११ मा उनको निधन भएको परिवारले जनाएको छ। पोस्टमार्टम सम्पन्न भइसकेको उनको शव अस्पतालमा राख्न नसकिने भएकाले परिवार र आफन्तको सहमतिमा नेपाल पठाउने तयारी भइरहेको छ।