इलाम । वन संरक्षण र परिचलानमा उत्कृष्ट कार्य गरे बापत डिभिजन वन कार्यालय इलाम सम्मानित भएको छ । वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा वन कर्मचारी परिचालन मार्फत उत्कृष्ट ढंगले कार्य सम्पादन गरेपछि सम्मानित भएको हो ।
सामुदायिक वन दिवसको अवसरमा वन तथा भू–संरक्षण विभाग बबरमहल, काठमाण्डौको आयोजना भएको कार्यक्रममा वनमन्त्री ऐनबहादर शाही ठकुरीले डिभिजन प्रमुख विरेन्द्र शाहलाई सम्मान पत्र प्रदान गरे । उत्कृष्ट कार्यसम्पादनसंगै उत्कृष्ट कार्य सम्पादनका कारण डिभिजनमा कार्यरत कर्मचारीले राष्ट्रिय स्तरको सम्मान समेत पाएका छन् ।
सोही कार्यक्रममा विभागले प्रदान गर्दै आएको गणेश बहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार, २०८२ बाट डिभिजन वन कार्यालयमा कार्यरत वन सहायक मनिषा कार्की सम्मानित भएकी छन् । देशभरमै तेश्रो स्थान हासिल गरेकी उनी नगद २५ हजार सहित सम्मानित भएकी हुन् ।

