Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जुविलेन्टले उत्कृष्ट विद्यार्थी श्रेष्ठलाई एक लाख सहित सम्मान गर्ने

जुविलेन्टले उत्कृष्ट विद्यार्थी श्रेष्ठलाई एक लाख सहित सम्मान गर्ने

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २३ २०८२


जुविलेन्टले उत्कृष्ट विद्यार्थी श्रेष्ठलाई एक लाख सहित सम्मान गर्ने

इलाम । जुविलेन्ट इलाइट एकाडेमीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षाको नतिजामा उत्कृष्ट नतिजा ल्याएका निशान श्रेष्ठ र प्रसन्न घिमिरेलाई नगद सहित सम्मान गर्ने भएको छ । श्रेष्ठले ३.९२ जिपिए ल्याउँदै नेपालका टप ४ विद्यार्थीहरूमा स्थान बनाएका छन् ।

उनी कोशी प्रदेशको दोस्रो र इलाम जिल्लाको प्रथम स्थानमा रहन सफल भएको जनाइएको छ । विद्यालयका अनुसार, निशानको उत्कृष्ट प्रदर्शनको कदर स्वरूप उनलाई एक लाख रुपैयाँ) नगद सहित सम्मान गरिनेछ । निशान विज्ञान संकायका विद्यार्थी हुन् ।

त्यसै गरी, सोही विद्यालयका प्रसन्न घिमिरेले ३.७८ जिपिए ल्याएर इलाम जिल्लामा दोस्रो स्थान हासिल गरेका छन् । उनलाई विद्यालयले रु २५ हजार नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । उनीहरुलाई बाल दिवसको दिन सम्मान गर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार