Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाम शौन्दर्यकरणका पूर्वाधार : बटुवामा पनि सहर मेरो भन्ने अपनत्व (तस्बिरहरु)  

इलाम शौन्दर्यकरणका पूर्वाधार : बटुवामा पनि सहर मेरो भन्ने अपनत्व (तस्बिरहरु)  

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन २१ २०८२


इलाम शौन्दर्यकरणका पूर्वाधार : बटुवामा पनि सहर मेरो भन्ने अपनत्व (तस्बिरहरु)  
इलाम । इलाम भित्रने पर्यटक र बटुवाको सुविधाका लागि इलाम बजारमा सहरी शौन्दर्यताका पूर्वाधार निर्माण गरिएको छ । नेपालको दोस्रो सफा सहरमा घोषित इलाम बजार भित्रने पर्यटकमैत्री पूर्वाधार निर्माणले पर्यटकसँगै सहर पुग्ने गाउँबासीका लागि सुविधा पुगेको छ ।   ६ महिना अघिसम्म पर्यटकीय सहर इलाम पुग्ने बित्तिकै आराम गर्नुपरे होटल वा चिनजानका व्यवसायीको पसल छिर्नुपथ्र्यो ।
बजार क्षेत्र पुग्ने जो कोहिका लागि टुसुक्क बस्ने ठाउँ नै थिए ।   झट्ट हेर्दा लाग्थ्यो इलाम बजारमा बटुवा र पर्यटकले आराम गर्न आवश्यक छैन । तर अहिले बजार क्षेत्रको शौन्दर्यकरणसँगै सुविधा थपिएपछि पर्यटक र बटुवालाई आराम गर्न सहज भएको हो । इलाम नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागको लगानिमा बजार क्षेत्रका चौक चौकमा पक्कि कुर्सि र अन्य पूर्वाधार थपिएका छन् ।
जसका कारण गाडीबाट उत्रने यात्रु, पर्यटक, गाउँबाट बजार पुग्ने केटाकेटीदेखि वृद्धवृद्धालाई सहज भएको इलाम बजारका व्यवसायी मदन घिमिरेले बताए ।   मुख्य चौकसँगै इलाम बजार भित्रका अन्य क्षेत्रमा ३२ वटा पक्कि कुर्सी निर्माण गरिएको हो । पक्कि कुर्सी र पैदलयात्री हिड्का लागि फुटपात समेत निर्माण गरिएको छ । बजार क्षेत्रमा शौन्दर्यकरणका पूर्वाधार निर्माण गर्न ४० लाख बजेट खर्च भएको हो ।
इलाम भित्रने पर्यटक इलाम नगरपालिका ७ को मुख्य क्षेत्रमा घुम्ने भएकाले उनीहरुको सुविधाका लागि शौन्दर्यकरण र फुटपात निर्माणको काम भएको वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले बताए ।  फुटपात र पक्कि कुर्सी जडान गर्ने काम गत आर्थिक वर्षमा सम्पन्न भएको थियो । इलाम बजार क्षेत्रमा सहरी शौन्दर्यता पूर्वाधार निर्माणले गाउँबाट सहर पुग्ने इलामबासी र पर्यटकका लागि नेपालको दोस्रो सहर इलाम हाम्रो हो भन्ने अपनत्व विकास भएको छ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार