Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुई मुद्दामा दुर्गा प्रसाईंसँग मागियो २८ लाख, धरौटी बुझाउने तयारी

दुई मुद्दामा दुर्गा प्रसाईंसँग मागियो २८ लाख, धरौटी बुझाउने तयारी

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन २० २०८२


दुई मुद्दामा दुर्गा प्रसाईंसँग मागियो २८ लाख, धरौटी बुझाउने तयारी

काठमाडौँ : उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई फरकफरक मुद्दामा २८ लाख धरौटी माग गरेको छ। उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी माग गरेको हो भने जिल्लाको आदेशविरुद्धको निवेदनमा ३ लाख धरौटी माग गरेको हो। उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो।

यस्तै बैंकिङ कसुर मुद्दामा भने न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको आदेशले २५ लाख धरौटी माग गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईंमाथि आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। यस्तै उनीविरुद्ध बैंकिङ कसुरमा समेत मुद्दा थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार