Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति, भने समावेशीता कुनै कामको कुरा होइन

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति, भने समावेशीता कुनै कामको कुरा होइन

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन १९ २०८२


प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति, भने समावेशीता कुनै कामको कुरा होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशीताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् । ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले । इन्क्लुसिभनेस आदि इत्यादी हामीले टेम्पोररी व्यवस्था गरेको हो’, ओलीले भनेका छन् । समावेशी राजनीतिक पदमा पुग्नलाई मात्र काम लाग्ने उनले बताएका छन् । ‘समावेशीताबाट डाक्टर हुन्छ ?  इन्जिनियर हुन्छ ?  यो समावेशीता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन’, ओलीले भनेका छन् । उनले समावेशी व्यवस्था संविधानमा उल्लेख समावेशीता कार्यान्वयन नहुने तर्क गरेका थिए । त्यसका निम्ति कोस्टरिकासँग भएको एउटा वार्ताको दृष्य उल्लेख गरेका छन् । ‘मैले कोस्टरिका हेरेको छु । हाम्रो डेलिगेसनमा दुई तीन जना महिलाहरु हुनुहुन्थ्यो वार्ता गर्दाखेरी’ उनले भने, ‘उहाँहरुको ८ जना महिला थियो । दुई जना मात्रै पुरुष थियो । त्यो संविधानमा इन्क्लुसिभ राखेर होइन । इन्क्लुसिभले ८ जना महिला पुर्याउँछ र ? इन्क्लुसिभले ८ जना पुर्‍याउँदैन । धेरै भएको भए ५ जना पुर्‍याउँथ्यो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार