Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झलनाथ खनाल भन्छन्- विद्या भण्डारी कोठामै सीमित हुनुहुन्छ भन्नेमा विश्वास छैन

झलनाथ खनाल भन्छन्- विद्या भण्डारी कोठामै सीमित हुनुहुन्छ भन्नेमा विश्वास छैन

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १८ २०८२


झलनाथ खनाल भन्छन्- विद्या भण्डारी कोठामै सीमित हुनुहुन्छ भन्नेमा विश्वास छैन
  • एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोठामै सीमित हुन्छन् भन्ने विश्वास नलागेको बताए।
  • उनले एमालेले पार्टी सदस्यता नदिए पनि राजनीतिमा सक्रिय हुन अन्य विकल्प रहेको बताए।
  • खनालले राजनीतिक व्यक्ति सक्रिय रहन हजारौँ बाटो हुने धारणा राखे।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेले पार्टी सदस्यता नदिए पनि भण्डारी कोठामै सीमित भएर बस्छिन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् । शनिबार काठमाडौँमा केही पत्रकारहरूसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

‘विद्या भण्डारी कोठामै सीमित हुनुभयो भन्ने विश्लेषणसँग म सहमत छैन’, खनालले भने– ‘एउटा राजनीतिक मान्छेले म राजनीति गर्छु, सक्रिय हुन्छु भन्छ भने उसका लागि हजार बाटाहरू हुन्छन्। एउटा बाटो मात्र हुँदैन ।’  खनालले भण्डारीलाई एमालेले पार्टी सदस्य बन्नबाट वञ्चित गर्दा एउटा बाटो मात्र थुनिएको भन्दै अन्य विकल्पहरू बाँकी नै रहेको बताए । ‘बाटा थुप्रै रहन्छन्’, खनालको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार