Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माधवलाई झलनाथको प्रश्न- तानाशाह बन्न खोज्नुभएको हो ?

माधवलाई झलनाथको प्रश्न- तानाशाह बन्न खोज्नुभएको हो ?

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १८ २०८२


माधवलाई झलनाथको प्रश्न- तानाशाह बन्न खोज्नुभएको हो ?
  • नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।
  • खनालले अध्यक्ष नेपालको पार्टी छोड्न भन्नु तानाशाही प्रवृत्ति भएको र सार्वजनिक रूपमा आदेश दिनु अशोभनीय भनेका छन्।
  • खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरेका छन्।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपाल तानाशाह बन्न लागेको टिप्पणी गरेका छन् । खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका हुन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए । खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै ‘पार्टी छोडेर जानसक्ने’ अभिव्यक्ति दिएका हुन् ।

जवाफमा खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैर–जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताए । ‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन, यदि मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो ।‘ उनले थपे, ‘तर त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो ।’

खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे ।  ‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्नेलाई मेरो प्रश्न छ – कस्तो तानाशाह बन्न खोजेको हो रु’उनको प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार