Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बिब्ल्याँटे माईपोखरी सन्दकपुर सडकको सार्वजनीक सुनुवाई सम्पन्न (तस्बिरहरु)

बिब्ल्याँटे माईपोखरी सन्दकपुर सडकको सार्वजनीक सुनुवाई सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन १७ २०८२


बिब्ल्याँटे माईपोखरी सन्दकपुर सडकको सार्वजनीक सुनुवाई सम्पन्न (तस्बिरहरु)

माईमझुवा । बिब्ल्याँटे माईपोखरी सन्दकपुर सडक अन्तरगत राते खोला सन्दकपुर सडक निर्माणको प्रारम्भिक वातावरणिय परिक्षणको प्रतिवेदन तयारी सम्बन्धि सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिका २ को कार्यालयमा आम उपभोक्ता र सरोकारवाला पक्षबिच सार्वजनीक सुनुवाई सम्पन्न भएको हो । वडा नम्बर २ का अध्यक्ष सनम राईको अध्यक्षतामा भएको सार्वजनीक सुनुवाई कार्याक्रमको प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग ,उपाध्यक्ष हरि बहादूर लुङ्गेली, कार्यपालिका सदस्य छत्र दियालीको रहेका थिए ।

सडक डिभिजन कार्यालयका इञ्जिनियर आकाश श्रेष्ठको उपस्थितिमा परामर्सदाता एस ए आर पी इञ्जिनियरिङ प्रा.लीका मिन थापाको प्रतिवेदन तयारीको बारेमा जानकारी दिएका थिए । सार्वजनीक सुनवाईमा उपभोक्ताले सडक आयोजना कार्यान्वयन हुँदा वातावरणमैत्री हुनुपर्ने, जलवायु परिवर्तनको असर रोक्ने कार्यक्रम गर्नुपर्ने, जैविक विविधता, धार्मिकस्थलको संरक्षण र वन्यजन्तुको बासस्थानलाई असर नहुने गरि काम गर्नुपर्ने बताए । सडक आयोजनाको काम हुँदा भौगोलिक अवस्थालाई हेरर पूर्वाधार निर्माण गर्नुपर्नेमा उपस्थित उपभोक्ताहरुको जोड थियो । १८ दशमलव ५ किलोमिटर सडक निर्माण गर्नका लागि संघीय सरकारले बहुवर्षे ठेक्का स्वीकृत गरि निर्माण व्यवसायी पनि छनौट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार