Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामकी कामनाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिप खेल्दै

इलामकी कामनाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिप खेल्दै

  • नमीन ढकाल
  • मंगलबार, साउन १४ २०८२


इलामकी कामनाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिप खेल्दै

इलाम । इलामकी कामना प्रसाई सहित दशौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी टिमलाई विदाइ गरिएको छ । इलामको रोङ गाउँपालिका–२ निवासी २० बर्षिया प्रसाई सहित पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन मलेसियामा हुने प्रतियोगितामा सहभागि हुँदैछन् ।

नेपालका दुई पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कविराज नेगीको प्रशिक्षणमा नेपाली टोली आज मलेसिया प्रस्थान गरेकाे छ । पलेसा र कामना सहित अमीर ब्लोन, रेणु तामाङ र भरत सिंह महताले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुने छ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुने छ ।

के–४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमुनि, अमीरले ६३ केजीमुनि, रेणु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौं जिल्ला तेक्वान्दो संघकाले विदाई गरेकाे थियाे।

साेमबार राखेप सदस्य सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

काठमाण्डौ तेक्वान्दो संघको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाइ गरे ।

नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिस्पर्धा गर्दै आएको छ ।  हालसम्म नेपालले एसियन च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ ।

रञ्जना धामीले समान एक रजत र कांस्य पदक जितेकी छन् । पलेशा, अरूण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य प्राप्त गरेका छन् ।  प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार