Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इङ्ल्यान्ड बन्यो महिला युरो कपको च्याम्पियन

इङ्ल्यान्ड बन्यो महिला युरो कपको च्याम्पियन

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १३ २०८२


इङ्ल्यान्ड बन्यो महिला युरो कपको च्याम्पियन

इलाम । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो। यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे। इङ्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन्। लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन्।

यता, स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन्। मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो ।

त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पेनले अग्रता बनाएको थियो। एलेसिया रुसोले ५७औँ मिनेटमा गोल गरेपछि साविक विजेता इङ्ल्यान्ड खेलमा फर्किएको थियो।

प्रतियोगितामा स्पेनले जर्मनीलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। इङ्ल्यान्डले भने इटालीविरुद्ध २–१ को जित निकालेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार