Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सगरमाथा आरोही इलामका सुनुवार सम्मानित

सगरमाथा आरोही इलामका सुनुवार सम्मानित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन १० २०८२


सगरमाथा आरोही इलामका सुनुवार सम्मानित

इलाम । सगरमाथा आरोही राजेन्द्र मुखिया सुनुवार सम्मानित भएका छन् । भारतीय सेनामा कार्यरत सन्दकपुर गाउँपालिका–१, निवासी सुनुवारलाई किराँत सुनुवार सेवा समाज (सुसेस) कार्य समिति इलामले एक विशेष कार्यक्रमबीच भव्य सम्मान प्रदान गरेको हो । उनले २०८२ जेठ ९ गते बिहान ४ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

सिमान्तकृत समुदायबाट सगरमाथा चढ्ने उनको उपलब्धिको कदरस्वरूप सम्मानित गरेको जनाइएको छ । किराँत परम्पराअनुसार स्याँबु–सेस्र्यो सगुन, पगरी, खदा, माला र सम्मान–पत्र प्रदान गरिएको छ । कार्यक्रमका वक्ताहरूले सुनुवारको सफल सगरमाथा आरोहणले केवल व्यक्तिगत उपलब्धि मात्रै नभई सम्पूर्ण इलामवासीको गौरव बढाएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार