फिक्कल । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा यही २०८२ सालको भदौ ३० देखि असोज ११ गतेसम्म श्रीलंकामा हुने यु–१७ पुरुष फुटबल प्रतियोगितामा सहभागिता जनाउनका इलाम जिल्ला स्तरिय छनौट सम्पन्न गरिएको छ । सूर्योदय नगरपालिका–१२ स्थित कर्फोक खेलमैदानमा भएको जिल्ला स्तरिय छनौटमा इलामबाट २८ जनाले प्रदेश छनौटमा स्थान बनाएका छन् ।
जिल्ला फुटबल संघका सदस्य ज्ञान बहादुर राईको संयोजकत्वमा खेलाडी छनोट गरिएको थियो । इलामका विभिन्न स्थानीय तहबाट सहभागि थिए । उनीहरू आगामी साउन ११ गते बिहान ८ बजे धरानस्थित एन्फा एकेडेमीमा आयोजना हुने कोशी प्रदेशस्तरीय छनोट कार्यक्रममा सहभागी हुनेछन् ।
को को छनौट भए
इलामबाट छनौटमा पर्नेमा सूर्योदय नगरपालिका–४ का श्रीसान्त राई, इलाम नगरपालिका–५ का अब्जोन लामा, इलाम नगरपालिका–१० का सनछिरिङ लेप्चा, चुलाचुलीका असमिन लिम्बू, माङसेबुङका अनम सेन्दाङ, चुलाचुलीका हेमन राई, सूर्योदय नगरपालिका–९ का समीर राई, देउमाई नगरपालिकाका यकुब राई र समीर लिम्बू, माईजोगमाई गाउँपालिकाका युरन लिम्बू, सूर्योदय नगरपालिकाका कुमेन सुनुवार, इलाम नगरपालिकाका बिगत मगर र सूर्योदयका एन्जिस याङमाली रहेका छन् ।
सूर्योदयकै जोनसेन काजी, रोङ गाउँपालिकाका आदित्य भुजेल, इलाम नगरपालिका–५ का आयुस जबेगु, माईजोगमाई–४ का जोर्डन लिम्बू, सूर्योदय नगरपालिका–६ का जिन्दाजिन राई, सूर्योदय–५ का येहाङ खापुङ, सूर्योदय नगरपालिका–४ का दिप गुरुङ, माईजोगमाईका विश्वास लेप्चा, चुलाचुलीका गगन श्रेष्ठ, देउमाई नगरपालिकाका मिङमा छिरिङ, सूर्योदय–८ का युनिक ढुंगाना, रोङका टपन राई, इलाम–१० का कुशल लेप्चा, इलाम–७ का दिप्सन गुरुङ र सन्दकपुर गाउँपालिका–१ का अतीत कटुन्जेली राई रहेका छन् ।
२०६५ पुस १७ देखि २०६८ पुस १६ भित्र जन्मिएको हुनुपर्ने मापदण्डमा आधारित छनौटमा गरिएको हो । सहभागी खेलाडीहरूले सक्कल जन्मदर्ता प्रमाणपत्र, नावालक परिचयपत्र, नागरिकता वा पासपोर्ट मध्ये कुनै एक कागजात अनिवार्य रुपमा प्रस्तुत गर्नु पर्ने संघले जनाएको छ ।