Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन १० २०८२


कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र भारी वर्षाको सम्भावना
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ।

इलाम । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार