Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ए डिभिजन लिगको एकै खेलमा दशरथ रंगशालामा जब एउटै टिमले गर्‍यो १०१ गोल…

ए डिभिजन लिगको एकै खेलमा दशरथ रंगशालामा जब एउटै टिमले गर्‍यो १०१ गोल…

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ८ २०८२


ए डिभिजन लिगको एकै खेलमा दशरथ रंगशालामा जब एउटै टिमले गर्‍यो १०१ गोल…

काठमाण्डौ । नेपाली फुटबल इतिहासमै यस खेललाई दुर्लभ मान्न सकिन्छ। यस्तो खेल न त भविष्यमा देख्न पाइनेछ, न भूतकालमै भएको थियो। प्रसंग २०३३ सालको शहीद स्मारक ए डिभिजन लिगको हो। त्यो समय आरसिटी र अन्नपूर्ण बीचको खेल १०१-१ गोलको नतिजामा टुंगिएको थियो। यसलाई अझै पनि पुराना फुटबल पारखी रोमाञ्चक भएर सम्झिने गर्छन्। नयाँ पुस्ताका लागि भने यो कथा जस्तो भएको छ, सम्भवत यो विश्वास गर्न पनि गाह्रो।

लगभग असम्भव जस्तै तर यो प्रजातन्त्रवादीले तत्कालीन व्यवस्था प्रति लक्षित गरेर गरेको ब्यङ्ग्य थियो। यसले तत्कालीन राजनीतिक व्यवस्थाको खेलको माध्यमबाट आलोचना भएको थियो। एक सय एक गोलको खेलको आधार भने मैदान बाहिरको राजनीतिले तय गरेको थियो। आरसिटी र अन्नपूर्णको विरोधीहरुले दुवै टिमलाई अफ्ठ्यारो पार्ने खालका निर्णयहरु गरेका थिए।

तत्कालीन समयको नेपाली खेलकुदको सर्वोच्च संस्था र त्यसका प्रमुखसमेत खुलेर आरसिटी र अन्नपूर्णको विरोधमा लागेका थिए। आरसिटी र अन्नपूर्णलाई सहज रुपमा खेल्ने अवसर नदिन र अन्य प्रतिद्वन्दी टिमलाई फाइदा पुग्ने विभिन्न निर्णय भएका थिए। यस्तोमा आरसिटी र अन्नपूर्ण सामु तिनीहरुको चाललाई माथ गर्ने एउटा मात्र उपाय एक सय एक गोलकै खेल थियो।

त्यो दिन पुरा काठमाडौँमा अविरल वर्षा भइरहेको थियो। दशरथ रंगशाला हिलाम्य थियो। खेलका क्रममा पानी परिरहेको थियो। दुबै टिमका एकाध खेलाडीलाई बाहेक अरुलाई खेलको नतिजा के हुने हो भनेर थाहा थिएन। उनीहरुले यो योजना खेलको अघिल्लो दिन भक्तवीर तुलाधरको घरमा रचेका थिए। खेलको पूर्वार्धमा प्रतिस्पर्धात्मक रुपमै खेल खेलाइएको थियो।

सुरुवाती ३० गोलसम्म त सय भन्दा बढी गोल हुनेछ भनेर कोही पनि दर्शकले चाल पाएनन्। खेलका रेफ्री थिए, शिवकुमार थापा। लाइन्समेनका रुपमा थिए, अर्का शिवसिंह र रामेश्वर राउतको जोडी। खेल निर्धारित समयको दश मिनेट अगाडि नै टुङ्गेको घोषणा गरियो। अधिकांश गोल दोस्रो हाफमा भएका थिए। त्यस आधारमा खेलको अन्त्यतिर प्रत्येक एक मिनेटमा चार गोल भएका थिए।

आरसिटीले गरेको १ सय १ गोलमध्ये बललाई पोस्टमा नछिराउने कोही पनि थिएनन्। सर्वाधिक गोल गर्ने खेलाडी थिए, गोलरक्षकको भुमिकामा रहेका विष्णुगोपाल श्रेष्ठ। आरसिटीले प्रत्येक गोलपछि मैदानको मध्यबाट बल चलाउँथ्यो र तुरुन्त गोल गर्थ्यो। अन्नपूर्णका खेलाडी भने आफ्नो पोस्टको वरिपरि रहे र उनीहरुले बल रोक्ने प्रयास गरेनन्।

खेल सकेपछि रेफ्री शिवसिंहले प्रतिस्पर्धामा कुनै मिलेमतो नभएको रिपोर्ट दिए। वास्तवमा त्यो आरसिटी र अन्नपूर्णले पेश गरेको विरोधको स्वर थियो। पहिलो पोष्टम प्रकाशित सामाग्री साभार

प्रतिक्रिया
सम्बन्धित समाचार