इलाम । शनिबार साँझ परेको अविरल बर्षाले इलामको पश्चिमी क्षेत्र फाकफोकथुममा क्षति पुगेको छ । बर्षाका कारण फाकफोकथुम गाउँपालिकाबाट इलाम जोड्ने सडक पहिरोले अवरुद्ध बनेको छ । फाकफोकथुम–२ कोल्बोटेमा पहिरोको कारण सडक अवरुद्ध बनेको हो ।
विभिन्न ठाउँमा पहिरो गएको कारण बाटो खुलाउने प्रयास भइरहेको छ । पहिरोका कारण विभिन्न ठाउँमा लगाइएको ग्याविन पर्खाल समेत भत्किएको छ । बर्षाका कारण सडक, विद्युत र खानेपानीमा समेत क्षति पुगेको छ । सडक, विद्युत र खानेपानी पूर्ण रुपमा सुचारु गर्न केही दिन लाग्ने स्थानीयले बताएका छन् ।

