Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राँके नकाउट फुटबल : उपाधि इलाम गुरुङ समाज र प्रवोध माविलाई

राँके नकाउट फुटबल : उपाधि इलाम गुरुङ समाज र प्रवोध माविलाई

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन ३ २०८२


राँके नकाउट फुटबल : उपाधि इलाम गुरुङ समाज र प्रवोध माविलाई

सन्दकपुर । राँके स्मृति नकाउट फुटबलको उपाधि इलाम गुरुङ समाज र प्रवोध माविले जितको छ । इलामले एमएनओ र प्रवोधले इस्ट स्काई बोर्डिङलाई हराएको हो । सन्दकपुर खेल संघको आयोजनामा संचालित प्रतियोगिताको अन्तर विद्यालय यु–१४ मा प्रवोधले इस्ट स्काईलाई ५–० ले हराएको हो ।

प्रवोधले नगद १३ हजार र इस्ट स्काइले ५ हजार प्राप्त गरेको छ । खुल्ला तर्फ इलाम गुरुङ समाजले एमएनओलाई २–१ गोल अन्तरले हराएको हो । विजेता टिमले ५१ हजार र उपविजेताले नगद २६ हजार १ सय प्राप्त गरेको छ ।

इलाम गुरुङ समाजले इङला वारियर्सलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । विजेता तथा उपविजेतालाई सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङगेली, सन्दकपुर–४ का कार्यवाहक अध्यक्ष दिपक राई, सन्दकपुर खेलकुद परिषदका अध्यक्ष रुपेन नेम्वाङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सन्दकपुर खेल संघका अध्यक्ष रेखा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङगेली, वडा नं २ का अध्यक्ष सनम राई, वडा नं ४ का कार्यवाहक अध्यक्ष दिपक राई, वडा सदस्य छत्र दियाली लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सन्दकपुर खेल संघका उपाध्यक्ष बुद्धिसागर सुवेदीले संचालन गरेका थिए ।

प्रवोध माविको खेलमैदानमा संचालन भएको प्रतियोगितामा इलामका ३२ टिमको सहभागिता रहेको थियो । सन्दकपुर गाउँपालिका भित्र संचालन हुने फुटबलमा पहिलो पटक सन्दकपुर खेल संघले बिमा गराएको हो ।

खेल दौरान खेलाडीमा गम्भिर चोटपटक लागेमा १ लाख रुपैयाको जोखिम बहन गरिएको छ । प्रतियोगितामा मैदान आसपासका क्षेत्रका जेष्ठ नागरिकहरुलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार