Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ३१ २०८२


साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै
  • नेपालले बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकासँग खेल्दै छ।
  • नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।
  • प्रतियोगितामा बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र भुटान समान ३ अंकमा छन् र नेपाल गोलअन्तरमा अघि छ।

इलाम । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो । श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो ।

दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो । यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ । अब गोलअन्तरमा आफुलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ ।

प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ ।

अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार