Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पीएसजीलाई हराउँदै चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

पीएसजीलाई हराउँदै चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ३० २०८२


पीएसजीलाई हराउँदै चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

  • इंग्लिस क्लब चेल्सीले अमेरिकाको मेटलाइफ स्टेडियममा भएको फिफा क्लब विश्वकप फुटबलको फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-० ले पराजित गर्दै उपाधि जित्यो।
  • चेल्सीका कोल पाल्मरले दुई गोल गरे भने जोआओ पेड्रोले एक गोल गरे, जसले पहिलो हाफमै ३-० को अग्रता दिलायो।
  • फाइनल खेलमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित थिए र विजेता टोलीलाई ट्रफीसहित पदक प्रदान गरे।

इलाम । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० ले पराजित गर्दै उपाधि जित्यो।

चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल थपे। २२औं मिनेटमा पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए ।

३०औं मिनेटमा उनैले दोस्रो गोल गरे । ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल भएनन् र चेल्सीले युरोपियन च्याम्पियन टोली पीएसजीको चुनौती पन्छाएर उपाधि जित्न सफल भयो ।

फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए। विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे।

यो चेल्सीको दोस्रो क्लब विश्वकप उपाधि हो। यसअघि सन् २०२१ मा पनि चेल्सीले यो प्रतियोगिता जितेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार