माबु । इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आजबाट अन्तर विद्यालय यु–१४ फुटबल प्रतियोगिता हुँदैछ । सन्दकपुर खेल संघको आयोजनामा संचालित राँके स्मृति फुटबल प्रतियोगितामा अन्तरगत विद्यालय स्तरिय फुटबल हुने भएको हो ।
प्रतियोगिता सन्दकपुर गाउँपालिकाका ६ वटा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहको छ । प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर इङग्लि बोर्डिङ स्कुल र इस्ट स्काई इङग्लिस बोर्डिङ भिडदै छन् ।
असार ३१ गते पहिलो सेमिफाइनलमा प्रवोध मावि र सरस्वती मावि तथा उद्धघाटन खेलको विजेता र युवा आधारभुत विद्यालय टारी भिड्ने छन् । असार ३२ गते दोश्रो सेमिफाइनल खेलमा दोश्रो खेलको विजेतासंग चन्द्रोदय आधारभुत विद्यालयले प्रतिस्पर्धा गर्नेछ । साउन २ गते फाइनल खेल हुनेछ ।
खुल्ला तर्फ चौथो दिनको पहिलो खेलमा सायङवा एफसी र जेएफसी भिड्दैछन् । दोश्रो खेलमा माबु युनाइटेड र सनराइज फेमेगुरु भिड्दैछन् । तेश्रो खेलमा गिताङ एफसी र इलाम गुरुङ समाज तथा चौथो खेलमा गिताङ एफसी बी र नेभर माइण्ड एफसी भिड्नेछन् ।
आजको खेल संगै पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न हुनेछन् । भोलीबाट प्रि–क्वाटरफाइनलका खेलहरु संचालन हुनेछन् । प्रतियोगितामा इलामका ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले ५१ हजार र उपविजेताले २६ हजार १ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्ड र उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ ।
इङलिस