Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिका इलाममा प्रधानमन्त्रीबाट १५ बेड अस्पताल उद्घाटन (तस्बिरहरु) 

माई नगरपालिका इलाममा प्रधानमन्त्रीबाट १५ बेड अस्पताल उद्घाटन (तस्बिरहरु) 

  • सुजन तिमल्सिना 
  • शनिबार, असार २८ २०८२


माई नगरपालिका इलाममा प्रधानमन्त्रीबाट १५ बेड अस्पताल उद्घाटन (तस्बिरहरु) 
माई (दानाबारी) । दक्षिणि इलामको माई नगरपालिकामा १५ बेडको अस्पताल निर्माण सम्पन्न भई प्रधानमन्त्रीबाट उद्घाटन भएको छ । सामान्य विरामी हुँदा समेत झापाको विर्तामोड पुग्ने नगरबासीका लागि अस्पताल निर्माणपछि घर गाउँमै उपचार पाउन थालेका छन् । प्रधानमन्त्री केपि सर्मा ओलीले अस्पतालको औपचारीक रुपमा उद्घाटन गर्नुभएको हो ।
सरकारले एक स्थानीय तह एक अस्पताल निर्माणको गर्ने निर्णय गरेसँगै माई नगरपालिकामा अस्पताल निर्माण भएको थियो । विषेशज्ञसहितको स्वास्थ्य सुविधा लिनबाट बञ्चित भएका माई नगरपालिका बासी अस्पताल निर्माण शुरु भएपछि उपचार सेवा शुरु भएको हो ।
 सामान्य विरामी हुँदा समेत डाक्टर सहितको सुविधान लिन झापाको विर्तामोड पुग्ने नगरबासीका लागि अस्पताल निर्माणपछि घर गाउँमै उपचार पाउनेमा ढुक्क भएको माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बुले बताउनुभयो । माई नगरपालिका २ को साढे १० रोपनी क्षेत्रफलमा अपस्ताल निर्माण भएको हो ।
अस्पलातका संरचना निर्माणमा १० करोड ७० लाख २४ हजारमा खर्च हुनेछ । अस्पताल हाताभित्र १५ शैयाको अपताल, डाक्टर क्वाटर, नर्स क्वाटर, चमेना गृह, सुरक्षा घर निर्माण भएका छन् ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार