Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका–४ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

इलाम नगरपालिका–४ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार २७ २०८२


इलाम नगरपालिका–४ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

इलाम । इलाम नगरपालिका–४ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा वातावरण मैत्री  वडा घोषणा गरिएको छ । तोकिएको मापदण्ड पुरा गरेपछि वडा नं ४ लाई पालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको हो ।

वडाध्यक्ष नुतन देव दुलालको अध्यक्षता एवम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराइलीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा इलाम नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू टोल विकास समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

आधारभुत स्वास्थ्य केन्द्र मलातेमा भएको कार्यक्रममा बालमैत्री तथा तथा वातावरणमैत्री वडा बनाउन भुमिका खेल्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । स्थानीय तहमा दिगो विकास र समावेशी शासन प्रणाली कार्यान्वयन गर्ने उद्देश्यसहित घोषणा गरिएको वडाध्यक्ष दुलालले बताए ।

उनले वडा भित्रका सबै बालबालिका, किशोर–किशोरी र समुदायका नागरिकहरूको सुरक्षा, स्वास्थ्य, शिक्षा र स्वच्छ वातावरण सुनिश्चित गर्न प्रतिबद्धता जनाए ।

बालमैत्री वडा घोषणासँगै विद्यालयमा बालमैत्री पूर्वाधार, खेलकुदको प्रवद्र्धन, बाल क्लबको सशक्तीकरण, बाल हिंसा अन्त्यका लागि सचेतना कार्यक्रम लगायतका गतिविधिहरू सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार